काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
काभ्रेको नमोबुद्ध नगरपालिका-२, बुच्चाकोटस्थित सडकमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।
शनिबार नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो।
बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा. ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। शुक्रबार दिउँसो भएको दुर्घटना आठ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा १६ यात्रु घाइते भएका थिए। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
समितिलाई घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।
लगातार तीन महिना विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता बन्यो अमेरिका
माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
एकतीस सय सुकुमवासी परिवार सरकारी रेकर्डबाटै गायब, छ प्रतिशत मात्रै होल्डिङ स…
कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
प्रतिक्रिया