पशुपतिमा ‘साधु’को हत्या गरेको आरोपमा अर्का ‘साधु’ पक्राउ
काठमाडौँको पशुपति क्षेत्रमा बस्दै आएका एक जोगी (साधु)को हत्या गरेको आरोपमा अर्का जोगी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दर्वेनाथ भनिने सुविन रानामगर रहेका प्रहरीले जनाएको छ।
गएको फागुन ६ गते काठमाडौँ महानगरपालिका-८ पशुपति १५ नम्बर शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार (जोगी)मृत अवस्थामा फेला परेका थिए।
घटना अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न रहेको आरोपमा दर्बेनाथ भन्ने सुबिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर-६ बाट पक्राउ गरेर प्रहरीले काठमाडौँ ल्याएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया