गण्डकी प्रदेशसभा बैठक ः प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश लोकसेवा आयोग, गण्डकीको आव २०८१÷०८२ को वार्षिक प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गर्नुभएको । उक्त प्रतिवेदनलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइएको सभामुख कृष्णप्रसाद धितालले बताउनुभयो ।
यस्तै प्रदेशसभाको सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदनलाई समितिका सभापति सुधिरकुमार पौडेलले प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुक कार्कीले प्रदेशसभा सदस्यले उठाएका उक्त मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभएको थियो । प्रदेशसभाको आगामी बैठक असार १ गते अपरान्ह ४ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
अब ट्रेड युनियन खारेज सम्बन्धि सरकारको निर्णय कार्यान्वयनको बाटो खुल्यो
अमेरिका ३२ वर्षपछि घरेलु मैदानमा विश्वकपको पहिलो खेल खेल्दै
काभ्रे बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत (नामावली)
अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
रास्वपा सभापति लामिछानेलाई खुला पत्र पठाएर साम्पाङले यस्तो प्रश्न
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
सीमामा एसएसबीको ज्यादती, सुस्ता छिर्दाको ‘कम्पन’ सिंहदरबारमा
प्रतिक्रिया