अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
काठमाडौं । अमेरिकाले युरोपमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा खटिने आफ्नो सैन्य स्रोतमा ठूलो कटौती गर्ने तयारी गरिरहेको छ ।
प्रस्तावअनुसार लडाकु विमान, निगरानी विमान, ट्याङ्कर, युद्धपोत र अन्य महत्वपूर्ण सैन्य उपकरणको सङ्ख्या घटाइनेछ । वासिङ्टनले युरोपेली मुलुक र क्यानडालाई महादेशको सुरक्षामा बढी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ।
दुई वरिष्ठ युरोपेली अधिकारीहरू र जुनको सुरूमा सहयोगीहरूसँग साझा गरिएको एक लिखित कागजातलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, “प्रस्तावित कटौतीले नेटोको अपरेशनमा प्रयोग हुने महत्वपूर्ण सैन्य संसाधनहरूमा प्रभाव पार्नेछ । यसमा लडाकु विमान, निगरानी विमान, इन्धन भर्ने ट्याङ्कर विमान र नौसैनिक तैनातीहरू समावेश छन्।
प्रस्तावित कटौतीअन्तर्गत एफ–१६ र एफ–१५–ई लडाकु विमानको सङ्ख्या करिब १५० बाट घटाएर १०० बनाइनेछ । समुद्री निगरानी विमानको सङ्ख्या २६ बाट १५ मा घटाइनेछ भने युरोपको लागि उपलब्ध सबै आठ हवाई रिफ्युलिङ ट्याङ्कर विमानहरू फिर्ता लिइनेछ । युद्धपोत र पनडुब्बीहरु पनि हटाइनेछन्
यसमा मिसाइल पनडुब्बी र विमानवाहक पोतलाई अर्को स्थानमा स्थानान्तरण गर्ने उल्लेख गरिएको छ । यसका साथै दर्जनौं युद्धपोत र विमानवाहक मिसनसँग सम्बन्धित दर्जनौं विमान पनि हटाइनेछ । युरोपको रक्षाका लागि पहिले नै तैनाथ दुई बमवर्षक समूहमध्ये एउटालाई पनि अर्को ठाउँमा पठाउने सम्भावना छ।
अमेरिकी पत्रिकाहरूका अनुसार यी परिवर्तनहरूले नेटोको लामो दूरीमा आक्रमण गर्ने र निगरानी गर्ने क्षमतालाई सीमित गर्न सक्छ। यसमा रूसी पनडुब्बीहरूको गतिविधिको निगरानी गर्ने र आवश्यक भएमा लामो दूरीको मिसाइल आक्रमणहरू सुरु गर्ने उल्लेख छ। तर यसका लागि पेन्टागनले कुनै समयसीमा दिएको छैन ।
अमेरिकी वायु सेनाका जनरल तथा अमेरिकी युरोपेली कमान्डका कमान्डर एलेक्सस जी ग्रिन्केभिच ले भने, “नेटो बल मोडेलको अमेरिकी सैन्य बलमाथि अत्यधिक र अनुचित निर्भरता छ ।” उनले प्रस्तावित परिवर्तनहरू नेटोको रक्षा योजनालाई अझ व्यावहारिक बनाउने उद्देश्यले गरिएको बताए ।
यस पहलको नेतृत्व एलब्रिज कोल्बी, अमेकिटा र युद्ध नीति मामिलाका उपसचिव द्वारा गरिएको छ । अमेरिकाको युरोपेली सहयोगी र क्यानडाले महादेशको परम्परागत रक्षाका लागि बढी जिम्मेवारी लिनुपर्ने उनीहरूको तर्क छ ।
बागलुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्वास्थ्य बिमा सुधारका लागि रास्वपाको मार्गचित्र स्वास्थ्यमन्त्री मेहतालाई हस्तान्तरण
धादिङमा कर्मचारी कुटेर फरार रहेका व्यक्ति पक्राउ
पहिलो हाफमै पाराग्वेविरुद्ध अमेरिकाले हान्यो ३ गोल
मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजीको सरुवा
आधा घण्टामै पाराग्वेविरुद्ध अमेरिका २ गोलले अगाडि
प्रतिक्रिया