अमेरिका ३२ वर्षपछि घरेलु मैदानमा विश्वकपको पहिलो खेल खेल्दै
आयोजक अमेरिकाले लस एन्जल्समा पाराग्वेसँग खेलेर विश्वकप २०२६ को यात्रा प्रारम्भ गर्दैछ । अमेरिकाले घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेल्न लागेको हो । अमेरिकाले सन् १९९४ पछि पहिलो पटक विश्वकप आयोजना गर्दैछ ।
एउटा लक्ष्यमा पुग्नलाई लस एन्जल्सको सोफी रंगशालामा आज शनिबार बिहान पौने ७ बजे हुने खेलमा कुनै गल्ती गर्न नहुने उनीहरूले राम्रोसँग बुझेका छन् । अमेरिकाका मुख्य प्रशिक्षक माउरिसिओ पोचेटिनोले समूह ‘डी’ बाट अगाडि बढ्न भन्दा पनि माथि जानका लागि आफ्नो टोलीसँग धेरै अपेक्षा राखेको जनाएका छन् ।
‘मेरा लागि सफलता भनेको जित्नु हो, पाराग्वेलाई जित्नु र त्यसपछिका खेल पनि जित्नु,’ टोटनहम र चेल्सीका पूर्व प्रशिक्षकले पाराग्वेसँगको खेलअगाडि भने, ‘हामी फाइनल पुगेनौं भने र विश्वकप सफलताको के कुरा गर्ने मलाई थाहा छैन ।’
क्रिस्टिएन पुलिसिकको नेतृत्वमा अमेरिकाले अहिले आफूलाई विश्वको उत्कृष्ट टोली रहेको प्रमाणित गर्ने प्रयास गरिरहेको छ । त्यसमा अमेरिकालाई आफ्नै समर्थकसामु खेल्ने अवसर रहेको छ । पुलिसिकले कुनै पनि टोलीसँग प्रतिस्पर्धा गर्न अमेरिका तयार रहेको जनाए ।
‘हामी एउटा शक्तिशाली टोलीका रूपमा यस प्रतियोगितामा प्रस्तुत हुन चाहन्छौं,’ उनले भने, ‘अमेरिका कस्तो टोली हो भनेर देखाउन हामीसँग ३ वटा राम्रा खेल रहेका छन् । सुन्दर खेल खेल्नमात्र होइन, हामी शक्ति संघर्षका लागि पनि तयार छौं ।’
बागलुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्वास्थ्य बिमा सुधारका लागि रास्वपाको मार्गचित्र स्वास्थ्यमन्त्री मेहतालाई हस्तान्तरण
धादिङमा कर्मचारी कुटेर फरार रहेका व्यक्ति पक्राउ
पहिलो हाफमै पाराग्वेविरुद्ध अमेरिकाले हान्यो ३ गोल
मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजीको सरुवा
आधा घण्टामै पाराग्वेविरुद्ध अमेरिका २ गोलले अगाडि
प्रतिक्रिया