पोखरामा ठुलो परिमाणको लागुऔषध एलएसडीसहित एक जना पक्राउ
कास्की प्रहरीले पोखराबाट ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध एलएसडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार नाइजेरियाबाट हुलाकमार्फत लागुऔषध मगाइएको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।
सोही क्रममा पोखरा महानगरपालिका वडा नं. ७ स्थित हुलाक कार्यालय बाहिरबाट उक्त सामग्री बुझ्न आएका भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीकाअनुसार पक्राउ परेका व्यक्तिको साथबाट १ हजार पत्ता एलएसडी बरामद गरिएको छ ।
पर्यटकका रूपमा पोखरा आएका ती नागरिक लेकसाइडस्थित एक होटलमा बस्दै आएका थिए । उनले होटलकै ठेगानामा हुलाकमार्फत उक्त लागुऔषध मगाएको अनुसन्धानबाट खुलेको बताए ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद लागुऔषधको परिमाण, यसको सम्भावित कारोबार र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिइएको एसपी कार्कीले बताए ।
अन्तर्राष्ट्रिय सञ्जालमार्फत नेपालमा लागुऔषध भित्र्याउने प्रयास बढ्दै गएको भन्दै प्रहरीले यस्ता अवैध गतिविधि विरुद्ध कडा निगरानी र कारबाही जारी रहने स्पष्ट पारेको छ ।
पहिलो दिन चालेको कदमहरु - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा …
भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि फैसला चरणको बहस…
बाँके बैजनाथमा ड्युटीमा खटिएका प्रहरीमाथि खु कु री प्रहार, एक महिला नियन्त्रण…
उच्च टिकट मुल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताले तात्यो विश्वकप
धर्नामा बसेकालाई भेट्न माइतीघरमा गृहमन्त्री : माग सम्बोधन गर्ने प्रतिबद्धता
प्रतिनिधि सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत स्कटबिच शिष्टाचार भेटवार्…
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल
प्रतिक्रिया