यमनको सैन्य शिविरमा विस्फोट, १२ जना सैनिकको मृत्यु
काठमाण्डु- यमनको दक्षिणी बन्दरगाह शहर एडेनको सैन्य शिविरमा बिहीबार भएको शक्तिशाली विस्फोटका कारण १२ जना सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
एक सुरक्षा अधिकारीले नाम न छाप्ने सर्तमा एडनको अल-मिम्दाराह क्षेत्रमा सरकार समर्थक जायन्ट्स ब्रिगेडद्वारा सञ्चालित शिविरमा विस्फोट भएको जनाएका छन् । प्रारम्भिक अनुसन्धानले शिविरमा रहेको गोलाबारुद भण्डारण सुविधा भित्र विद्युतीय सर्किट सर्ट भएका कारण विस्फोट भएको सङ्केत गरेको अधिकारीले बताएका छन् ।
स्रोतका अनुसारसर्किट सर्ट भएका कारण लागेको आगो डिपोमा फैलिदा, भण्डारण क्षेत्रभित्र श्रृङ्खलाबद्ध विस्फोट भएको बताएको छ । प्रत्यक्षदर्शीहरूले शिविरबाट आगो र बाक्लो धुवाँ निस्किएको त्यसपछि लगातार विस्फोट भएको रिपोर्ट गरेका छन् ।
घटनाको बारेमा अहिलेसम्म कुनै आधिकारिक सुचना जारी गरिएको छैन, भने क्षतिको परिमाणको विवरण पनि उपलब्ध गरिएको छैन ।
दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण
भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद
बागलुङ नगरपालिकाले भन्यो : १५ दिनभित्र संरचना हटाउ
करका दर हेरफेरबारे प्रतिनिधिसभामा प्रश्न
मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी
सरकारका कामकाज हेर्न उपसमिति गठन, अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालयको जिम्मा
बंगुरको मासु खाँदा एकै गाउँका १६ जना बिरामी
प्रतिक्रिया