डा. स्वर्णिम वाग्ले ब्रान्डमाथि अट्याक भयो : खगेन्द्र सुनार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले डा. स्वर्णिम वाग्ले ब्रान्डमाथि अट्याक भएको बताएका छन् ।

करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा प्रश्न उठाइएर डा. स्वर्णिम वाग्ले ब्रान्ण्डमाथि अट्याक गर्ने काम भएको उनको टिप्पणी छ ।


‘अहिले दुई वटा ब्रान्डमाथि अट्याक भएको छ । एउटा बिवाडी ब्रान्ड र अर्को डा. स्वर्णिम वाग्ले ब्रान्डमाथि अट्याक भएको सुन्छौं हामी’ उनले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा भने ।

आर्थिक विधेयकमा १६ पृष्ठ गायब भएको विषयमा पनि अनावश्यक चर्चा भएको उनले बताए ।


अर्थमन्त्रीमाथि जसरी पनि छानबिन समिति गठन गर्नुपर्ने माग भइराखेको भनेर उनले त्यसमा असन्तुष्टि जनाए । सुद्धासुद्धी मिलाएको विषयमा छानबिन समिति नै माग गर्ने विषय उचित नरहेको बताए ।

‘मन्त्रीमाथि छानबिन हुनुपर्छ भनेर प्रत्येक दिन जसो कठघरामा उभ्याउने र र्याखर्याख्ती पार्ने’ प्रयास भइराखेको भन्दै उनले थपे, ‘यसमा डा. स्वार्णिम वाग्लेले खिन्न मन पार्नुपर्ने म कहीँ कतै देख्दिन । मन कमजोर पारेर हिँड्नुपर्ने देख्दिन् ।’

भन्सारबाट गाडी पारदर्शी रुपमै अयात भएको विषयमा अनावश्यक शंका गरिरहनुपर्ने पनि उनको आग्रह छ ।

आपूहरू अर्थ विज्ञ नरहेको भन्दै उनले अर्थ विज्ञले ल्याएको बजेटमा अनावश्यक शंका गर्न आवश्यक नरहेको बताए ।