‘ब्रेक फेल’ भएर क्रेन सडकबाट खस्यो, ६ जना घाइते
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन्।
गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।
दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यविन्दु नगरपालिका–११ बस्ने २५ वर्षीय निरज अस्रामी मगर, क्रेनमा सवार मध्यविन्दु–११ का ६० वर्षीय दिलबहादुर कुमाल, २७ वर्षीय निर्मल दराई, ५२ वर्षीय पूर्णप्रसाद दराई, ५३ वर्षीय अर्जुनबहादुर दराई र ५० वर्षीय अमर दराई घाइते भएका छन्।
सबै घाइतेलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
क्रेनमा क्षति पुगेको छ भने दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री वाग्लेले जबाफ दिने कार्यसूची
अमेरिकाद्वारा होर्मुजमा भारतीय जहाजमाथि आक्रमण, तीनजना बेपत्ता
इटहरीमा बन्ने भयो रिसोर्टसहितको भव्य ‘कन्भेन्सन सेन्टर’, सिङ्गो दक्षिण एशियाका ल…
निर्देशक चापागाईंको अमेरिकामा हृदयाघातबाट निधन
यी ४ सडक आज पनि अवरुद्ध
पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त
मन्त्री पुनको निर्णय– नवप्रवर्तन मन्त्रालयको विधेयक बनाउने, दरबन्दी एकिन गर्न ओएण्…
प्रतिक्रिया