निर्देशक चापागाईंको अमेरिकामा हृदयाघातबाट निधन

फिल्म निर्माता तथा निर्देशक कृष्ण चापागाईंको हृदयाघातबाट अमेरिकामा निधन भएको छ। ५२ वर्षीय चापागाईंको बुधवार बिहान अमेरिकाको बोस्टनमा निधन भएको अर्का निर्मँता निर्देशक अनिल संग्रौलाले जानकारी गराएका छन्।

परिवारसहित अमेरिकाको बोस्टनमा बस्दै आएका चापागाईं तीन दिनअघि हृदयाघात भएपछि स्थानीय अस्पतालको आईसीयूमा उपचाररत थिए। उनको उपचारकै क्रममा उनको निधन भएको हो।


चापागाईंले एक नजर, दिदीभाइ, चट्टान, इज्जतदार, दिवानापन, महान र निखिल दाइ नामका फिल्म निर्माण र निर्देशन गरेका थिए। उनले गोकर्णमा .चापागाईं सुटिङ स्टुडियोसमेत सञ्चालन गरेका थिए।