पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त
शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्वराष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ ।
लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ । केही वर्षअघि अन्तरराष्ट्रिय फुटबलबाट सन्यास लिनुभएका उहाँ अब नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व तहमा पुग्नुभएको छ ।
यसैबीच मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले चार जना बोर्ड सदस्य पनि नियुक्त गरेको छ । नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तरराष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहनुभएको छ ।
मन्त्रालयको यो निर्णयलाई खेलकुद प्रशासनमा अनुभवी खेलाडीहरूको सहभागिता बढाउने प्रयासका रूपमा हेरिएको छ । नवनियुक्त पदाधिकारीहरूले नेपाली खेलकुदको विकास, व्यवस्थापन र नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
पार्टीभित्रको गुटबन्दीप्रति रास्वपा नेता गणेश कार्कीको चासो
प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री वाग्लेले जबाफ दिने कार्यसूची
अमेरिकाद्वारा होर्मुजमा भारतीय जहाजमाथि आक्रमण, तीनजना बेपत्ता
इटहरीमा बन्ने भयो रिसोर्टसहितको भव्य ‘कन्भेन्सन सेन्टर’, सिङ्गो दक्षिण एशियाका ल…
निर्देशक चापागाईंको अमेरिकामा हृदयाघातबाट निधन
यी ४ सडक आज पनि अवरुद्ध
प्रतिक्रिया