ज्यान मान धम्का प्रकरणमा खुश्बु ओलीलाई गृहमन्त्रीको आश्वासन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने तथा बलात्कारसम्मको धम्की आएको विषय संसदमा उठाएपछि गृहमन्त्री सुधन गुरुङले आवश्यक अनुसन्धान र कानुनी कारबाहीको आश्वासन दिएका छन्।
प्रतिनिधिसभा बैठकका क्रममा ओलीले आफ्नो सुरक्षासम्बन्धी गम्भीर विषय उठाएपछि गृहमन्त्री गुरुङले उनलाई भेटेर घटनाबारे औपचारिक प्रक्रियामा जान आग्रह गरेका हुन्। उनले उजुरी र आवश्यक प्रमाणका आधारमा अनुसन्धान अघि बढाइने तथा दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि संसदमा बोल्दै ओलीले सनातनी राज्यको पक्षमा आवाज उठाएको र धर्मान्तरणको विरोध गरेको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत आफूलाई सुनियोजित रूपमा धम्की दिइएको बताएकी थिइन्।
उनले संसदमा भनिन्, “मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ। धर्मान्तरणको विरुद्ध बोलेको थिएँ। म कुनै धर्मको विरुद्ध छैन। मेरो अभिव्यक्तिले कुनै धर्म मान्नेलाई समस्या नहुनुपर्ने हो। के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की खेप्नुपर्ने हो ?”
ओलीले आफूले व्यक्तिगत रूपमा यस्ता धम्की सहन सक्ने भए पनि यसलाई सिंगो सनातन धर्ममाथिको प्रहारका रूपमा लिएको बताएकी थिइन्।
घटनापछि गृहमन्त्री गुरुङले संसदभित्रै ओलीलाई भेटेर आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गर्दै राज्यले नागरिक र जनप्रतिनिधिको सुरक्षामा कुनै सम्झौता नगर्ने बताएका छन्। उनले कानुनविपरीत धम्की दिने वा हिंसात्मक अभिव्यक्ति दिने व्यक्तिमाथि अनुसन्धान गरी आवश्यक कारबाही गरिने स्पष्ट पारेका छन्।
ओलीले उठाएको विषय र त्यसमा गृहमन्त्रीको प्रतिक्रिया आएपछि सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक विचार र अनलाइन धम्कीसम्बन्धी बहस थप चर्किएको छ।
राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्…
नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
इयु प्रतिबन्धबारे चीनले किन दियो चेतावनी ?
सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ
कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
प्रतिक्रिया