प्रधानमन्त्री शाहलाई संसद्नमा ‘रुलिङ’ गरेर ल्याउनुपर्ने : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सभामुखले ‘रुलिङ’ गरेर प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्नमा ल्याउनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीलाई संसद्मा ल्याउनुपर्ने बताएका हुन्। सभामुख डोलप्रसाद अर्याललाई आग्रह गर्दै साम्पाङले भने, ‘प्रधानमन्त्रीलाई तपाईले रुलिङ गरेर ल्याउनुपर्छ।’
प्रधानमन्त्री शाहले सभामुखको ‘रुलिङ’ मान्नुपर्ने बताए। ‘प्रधानमन्त्रीले पनि तपाईको रुलिङ मान्नुपर्छ। प्रधानमन्त्री पनि यहि संसद्को सदस्य हो,’ उनले भने।
शाहलाई संसद्प्रति उत्तरदायी बनाउनुपर्ने उनको भनाइ थियो। ‘प्रधानमन्त्रीलाई उत्तरदायी बनाउनै पर्छ। प्रधानमन्त्री संसद्भन्दा ठूलो होइन,’ उनले भने।
राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्…
नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
इयु प्रतिबन्धबारे चीनले किन दियो चेतावनी ?
सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ
कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
प्रतिक्रिया