२३ दिनका लागि ६० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न बुधबार ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकले बोलकबोल (अक्सन) प्रक्रियामार्फत २३ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गर्न लागेको जनाएको छ। उक्त निक्षेपमा सहभागी संस्थाहरूले ब्याजदर प्रतिस्पर्धात्मक रूपमा प्रस्ताव गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ असार १९ गते भुक्तानी गरिनेछ। यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) उच्च स्तरमा रहेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्…
नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
इयु प्रतिबन्धबारे चीनले किन दियो चेतावनी ?
सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ
कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
प्रतिक्रिया