अमेरिकी आक्रमणपछि इरानले भन्यो- हमला र धम्कीको जवाफ दिन्छौँ
अमेरिकी सैन्य कारबाहीपछि इरानले कुनै पनि आक्रमण वा धम्कीको कडा जवाफ दिने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल उच्चतम युद्ध तयारी अवस्थामा रहेको जनाउँदै अमेरिकालाई क्षेत्र छाड्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत बुधबार प्रतिक्रिया दिँदै अराघचीले इरानका शक्तिशाली सशस्त्र बलले कुनै पनि हमला वा धम्कीलाई जवाफविहीन नराख्ने बताएका हुन् । उनले क्षेत्र सुरक्षित राख्न चाहनेहरूलाई मध्यपूर्व क्षेत्रबाट बाहिरिनसमेत चेतावनी दिएका छन् ।
यो चेतावनी अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले इरानका विभिन्न सैन्य लक्ष्यविरुद्ध ‘रक्षात्मक आक्रमण’ गरेको घोषणा गरेपछि आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गरिएको उक्त कारबाही अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप भएको अमेरिकी पक्षले जनाएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार हर्मुज जलडमरूमध्य आसपास रहेका इरानका हवाई प्रतिरक्षा प्रणाली र रडार संरचनाहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो । सेन्टकमले अमेरिकी समयअनुसार साँझ ५ बजे सुरु भएको सैन्य कारबाही बुधबार सम्पन्न भएको जनाएको छ ।
यसअघि मंगलबार इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले देशका सशस्त्र बललाई उच्चतम युद्ध तथा प्रतिरक्षा तयारी अवस्थामा राखिएको जानकारी दिएका थिए ।
उनले आवश्यक क्षतिको मर्मतसमेत पूरा भइसकेको र कुनै पनि आक्रमणको उच्चस्तरीय जवाफ दिन सेना पूर्ण रूपमा तयार रहेको बताएका थिए । इरानको रक्षा मन्त्रालयले पनि देशको सुरक्षा, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न सैन्य उपकरण, हतियार र रक्षा प्रणालीको उत्पादन थप बढाइने जनाएको छ ।
मन्त्रालयले प्रतिरोधात्मक क्षमता अझ सुदृढ बनाइने र कुनै पनि शत्रुलाई इरानको सुरक्षामा सामान्य क्षति पु¥याउनसमेत नदिने स्पष्ट पारेको छ । यसबीच बुधबार बिहान दक्षिणी इरानको होर्मोजगान प्रान्तका सिरिक बन्दरगाह र मिनाब क्षेत्रमा विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उता इराकस्थित एक मिलिसिया समूहले इरानी ड्रोनहरूले इराकी आकाश प्रयोग गर्दै अमेरिकी लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
यस्तै, इजरायली सेनाका प्रमुख एयाल जमिरले इजरायली सेना जुनसुकै बेला इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयार रहेको र सबै प्रतिरक्षा तथा आक्रमण प्रणाली उच्च सतर्कतामा राखिएको बताएका छन् ।
राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्…
नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
इयु प्रतिबन्धबारे चीनले किन दियो चेतावनी ?
सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ
कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
प्रतिक्रिया