वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, २५ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली (फर्जी) कागजात बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको अभियोगमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी कागजात सच्याउने, नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको अभियोगमा निजहरूविरुद्ध आयोगले आज मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार भट्टराई थर भएकी महिलाको छोरीलाई आफ्नी छोरी रुविना श्रेष्ठ बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको आरोप नगरप्रमुख सिंहमाथि लागेको छ ।

आयोगले वीरगञ्ज-३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ ।

गृह मन्त्रालयका तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० की रिता भट्टराई विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।  

भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा

भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा

विश्वकप फुटबलबारे प्रधानमन्त्री  साहले के भने ?

विश्वकप फुटबलबारे प्रधानमन्त्री साहले के भने ?

अमेरिका र इरानबीचको तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यसहितको सम्झौता अन्तिम चरणमा पुगेको  बताए

अमेरिका र इरानबीचको तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यसहितको सम्झौता अन्तिम चर…

नेपालमा रेमिट्यान्सको नयाँ कीर्तिमान, एकै महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रियो

नेपालमा रेमिट्यान्सको नयाँ कीर्तिमान, एकै महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्र…

पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ

पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

‘मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गरिनुपर्ने’

‘मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गरिनुपर्ने’

स्वास्थ्य बीमा कार्यक्रमबारे अर्थमन्त्रीको चेतावनी : ‘हालको मोडेल राज्यले धान्न सक्दैन’

स्वास्थ्य बीमा कार्यक्रमबारे अर्थमन्त्रीको चेतावनी : ‘हालको मोडेल राज्यले धान्न सक्…