नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स)का दुई कर्मचारी पक्राउ
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई कर्मचारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई कर्मचारीलाई आइतबार पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा सुमीत्रा चन्द र प्रवीण लामिछाने छन् । उनीहरू दुवै जना करारका ग्राउण्ड ह्याण्डलिङ स्टाफ हुन् ।
उनीहरुले पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । भारतको इन्डिगो एयरको उडान भएका एक भारतीय यात्रु भारत जान अध्यागमन जाँचपास भएर वेटिङ रुममा पुगेका थिए ।
त्यहाँ पुगेपछि वायुसेवा निगमका कर्मचारी चन्दले फ्लाई दुबईबाट दुबई जाने बोर्डिङ पास दिएको भेटिएको हो । ती भारतीय नागरिक जेठ ३ गते दुबई उडेका हुन् ।
त्यसपछि ती यात्रु दुबई पुगेको भेटिएको अध्यामगन स्रोतले बतायो । नेपालबाट तेस्रो मुलुक जानुपरे भारतीय नागरिकले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) पेस गर्नुपर्छ ।
त्यसपछि उनीहरु अनुसन्धानमा तानिएका हुन् । अध्यागमन विभागले यसबारे प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा
बैंकिङ कसूर र चेक अनादर गरी कूल १४ वटा मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्…
१४ वटा मुद्दाका दोषी मिजार पक्राउ
ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ
प्रतिक्रिया