ईश्वरी हत्याको अभियोगमा थप ३ जना पक्राउ
तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतियार प्रहार गरी हत्याको आरोपमा मुख्य अभियुक्त उनका पति ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगर हिजै बालाजुबाट पक्राउ परेका थिए ।
उक्त घटनामा अरु पनि संलग्न भनी ईश्वरीका माइती पक्षले दिएको जाहेरीका आधारमा अन्य ३ जनालाई पक्राउ गरिएको एसपी पवनकुमार भट्टराईले बताए ।
पक्राउ पर्नेहरूमा नुवाकोट ३ घर भई हाल तारकेश्वर बस्ने ३६ वर्षका विक्रम थापा मागर, बालाजु बस्ने ४० वर्षीया पुजन थापा र जुम्ला घर भई हाल गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य रहेको प्रहरीले बताएको छ ।
उनीहरू चारैजनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको एसपी भट्टराईले बताए ।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा
बैंकिङ कसूर र चेक अनादर गरी कूल १४ वटा मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्…
१४ वटा मुद्दाका दोषी मिजार पक्राउ
ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ
नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स)का दुई कर्मचारी पक्राउ
प्रतिक्रिया