राष्ट्रिय सभामा बजेट टेबुल

राष्ट्रिय सभामा सरकारले ल्याएको आर्थिक वर्ष (२०८३/८४) को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ ।

सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट टेबुल गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ ।