अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए बजेटबारे जानकारी

 अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्। 

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्। 

भेटमा अर्थमन्त्री वाग्लेले संसद्‌मा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोलि अपराह्न ४ बजे संसद्को संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन्।