सार्वजनिक स्थानमा झगडा गर्ने ४ जना पक्राउ
पोखरा महानगरपालिका-९ नयाँबजारमा झगडा गर्ने ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा तनहुँको भानु नगरपालिका-१२ का ३२ वर्षीय विजय अधिकारी, धादिङको त्रिपुरासुन्धरी नगरपालिका-२ घर भएको २२ वर्षीय राजकुमार परियार, स्याङ्जाको पुतलिबजार नगरपालिका-२ का २४ वर्षीय सुजन परियार र पोखरा महानगरपालिका-१३ मियापाटनका २३ वर्षीय निरज आले मगर रहेका छन्। बिहीबार नयाँबजारमा दुई जना व्यक्ति एक आपसमा झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भेटिएको थियो।
घटना सम्बन्धमा अनुसन्धान तथा खोजतलास गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले झगडामा संलग्न ४ जनालाई आज पक्राउ गरेको हो। उनीहरू सवारी साधनको हेल्परको काम गर्ने र खाजा खाने विषयमा विवाद भई झगडा गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ
चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
प्रतिक्रिया