यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। त्यसैगरी अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्रा पनि महँगिएका राष्ट्र बैंकले जनाएको छ।
अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारको भाउ हिजो पनि बढेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
विगत केही दिनदेखि अमेरिकी डलरको विनिमयदर निरन्तर बढ्दै आएको छ।
हिजो अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा थियो।
त्यसैगरी आज युरो १ को खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९४ पैसा छ त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ १६ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा छ।
आज कुवेती दिनार १ को खरिददर ५०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ५०५ रुपैयाँ ९३ पैसा छ।
आज बहराइन दिनार १ को खरिददर ४१० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४११ रुपैयाँ ६४ पैसा छ।यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर

आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता
प्रशासनिक केन्द्र सिंहदरबारभित्र यतिबेला एउटा ठुलो प्रशासनिक आँधीबेहरी आउने स…
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिक्रिया