यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (बुधबार) लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। त्यसैगरी युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्रा पनि महँगिएका छन्। तर अस्ट्रेलियन डलरको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

विगत केही दिनदेखि अमेरिकी डलरको विनिमयदर निरन्तर बढ्दै आएको छ। 

त्यसैगरी आज युरो १ को खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा छ।

त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११० रुपैयाँ १७ पैसा छ। 

आज कुवेती दिनार १ को खरिददर ५०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ५०४ रुपैयाँ ४३ पैसा छ

आज बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१० रुपैयाँ ४० पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर