भारतको नयाँ दिल्ली जाँदै गरेका युवक ३७ वटा राहदानीसहित पक्राउ
भारतको नयाँ दिल्ली जाँदै गरेका युवक ३७ वटा राहदानीसहित पक्राउ परेका छन्।
मंगलबार नेपाल एयरलाइन्सको विमानबाट दिल्लाी जाँदै गरेका सिराको धनगढीमाई नगरपालिका-१३ का ३८ वर्षीय अजित श्रेष्ठ पक्राउ परेका हुन्। सुरक्षा जाँचका क्रममा उनीसँग ३७ वटा नेपाली राहदानी भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
उनी रोमानियाको भिसा लगाउने भनेर राहदानीसहित भारत जाँदै गरेका थिए। थप अनुसन्धानका लागि राहदानीसहित उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको सिलवालले बताए।
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ
चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
प्रतिक्रिया