वीरगन्जबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
प्रहरीले पर्साको वीरगन्जबाट खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–३२ बस्ने २० वर्षीय राहुल सिंह र बाराको सिमरा जितपुर उपमहानगरपालिका–७ घर भएका १९ वर्षीय नन्दन गुप्ता छन् ।
जेठ २ मा वीरगन्ज–३१ स्थित कटगेनवा सडक खण्डबाट पक्राउ परेका आरोपीहरूको साथबाट ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले रातोपाटीलाई बताए ।
आरोपीहरू ना.३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा भेडियाहीबाट मिलनचाकतर्फ आउँदै थिए । पक्राउ परेकाहरूमाथि प्रहरीले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
कैलालीमा टेम्पो भिरमा खसालिएको घटनामा ११ वन कर्मचारी पक्राउ,
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
लागुऔषधसहित ३१ जना पक्राउ
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
लागूऔषधसहित १३ जना पक्राउ
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
प्रतिक्रिया