राजस्व चुहावट मुद्दामा तीन करोड जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ
राजस्व चुहावट मुद्दामा तीन करोड भन्दा बढी जरिवाना सुनाइएका फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज ममहानगरपालिका–३१ का प्रविन्द साह गोढलाई बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार गोढविरुद्ध पर्सा जिल्ला अदालतले राजस्व चुहावट मुद्दामा ६ महिना कैद र तीन करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
फैसलापछि उनी फरार रहेर विभिन्न स्थानमा लुकिछिपी बस्दैआएको प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई पर्सा जिल्ला अदालतमा बुझाएको पर्सा प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
कैलालीमा टेम्पो भिरमा खसालिएको घटनामा ११ वन कर्मचारी पक्राउ,
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
लागुऔषधसहित ३१ जना पक्राउ
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
लागूऔषधसहित १३ जना पक्राउ
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
प्रतिक्रिया