३४ लाखका गहना चोरी गर्ने २२ लाख नगदसहित पक्राउ
करिब ३४ लाख रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरेको आरोपमा तीन आरोपी २२ लाख नगदसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–१० घर भएका २४ वर्षीय समीर चौधरी, ललितपुर कुपन्डोल घर भएकी ४८ वर्षीया पूजा शर्मा जोशी, भारतको बिहार घर भई काठमाडौं न्यूरोड बस्ने ४५ वर्षीय श्रवण कुमार छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।
चौधरी चोरी गर्ने व्यक्ति, जोशी चोरीका गरगहना बिक्रि गर्ने र न्यूरोडमा सुन पसल गरेर बस्ने कुमार चोरीका गहना किन्ने व्यक्ति रहेको ललितपुरका एसपी गौतम मिश्रले बताए ।
उनीहरुबाट २२ लाख नगद, करिब ८० ग्रामका सुनका दूई ढिक्का, सुनका चुरा, रिङ,तिलहरी, चन्द्रमा बरामद भएको छ । चौधरीले सानेपा डेरा गरी बस्ने मिनु झाको कोठाबाट १८ लाख ५० हजार बराबरको गहना र सोही ठाउँमा बस्ने वविता छिनाल परियारको कोठाबाट १५लाख ३५ हजारको गहना चोरी गरेको आरोप छ ।
कैलालीमा टेम्पो भिरमा खसालिएको घटनामा ११ वन कर्मचारी पक्राउ,
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
लागुऔषधसहित ३१ जना पक्राउ
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
लागूऔषधसहित १३ जना पक्राउ
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
प्रतिक्रिया