कलाभन्दा चर्चिकला , सल्लाघारीमा दुर्गेश !
५ वैशाखमा दुर्गेश थापा भक्तपुरको सल्लाघारीमा थिए ।
‘वाइल्डफायर भक्तपुर’ नामक कार्यक्रममा । त्यहाँ उनीसँगै अन्य कलाकारहरू पनि थिए । तर, ती सबैलाई ओझेलमा पार्ने गरी आफ्नो प्रस्तुतिका क्रममा थापाले एउटा प्रपञ्च गरे ।
फेरि, यस्तो कुरा थापाका लागि नौलो भने होइन । उनले आफ्नो कार्यक्रममा अनेकन् क्रियाकलाप गरिरहेका छन् । सल्लाघारीमा भने उनले धेरै दर्शकले नसोचेको गरे ।
पृष्ठभूमिमा ‘दुस्मन हेरेको हेर्यै’ बजिरहेको थियो । त्यहाँ विकास निर्माणमा प्रयोग हुने पहेँलो रङको एउटा क्रेन देखा पर्यो । त्यसमा डोरीहरूको सहायतमा झुन्डिँदै थापा देखिए । तल रहेका दर्शकहरूले उनलाई ‘हो…’ ले स्वागत गरे ।
क्रेनले उनलाई मञ्चतर्फ लग्यो । केही सेकेन्ड आकाशमा होल्ड भएर उनी मञ्चमा उत्रिए । त्यसपछि स्टेज डान्सरहरूसँगै मञ्चमा नायिका प्रियंका कार्की पनि देखा परिन् । क्विक इन्फर्मेसन- ‘दुस्मन हेरेको हेर्यै’ मा कार्की पनि फिचर्ड छिन् ।
त्यसपछि उनीहरू प्रस्तुतीमा लागे ।
अहिले थापा स्वयंले आफ्नो सामाजिक सञ्जालमा त्यस इन्ट्रीको भिडियो हालेका छन् । जहाँ उनका फ्यानहरूले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । कतिपयले मिम बनाएर थापालाई उडाइरहेका छन् भने कतिपयले राम्रो टिप्पणी पनि गरिरहेका छन् ।
जस्तो, डिल्लीराम चौधरीले ‘कला होइन चर्तिकला लेखेका छन्’ । भुवन थापाले सुटिङ हो कि कन्सर्ट हो लेखेका छन् । परु कुमारी चौधरीले भने ‘स्टेजमा सबैभन्दा नम्बर वान किङ दुर्गेश थापा’ भन्दै लेखेका छन् ।
यद्यपि पछिल्ला उदाहरणहरूबाट थापालाई यी यस्ता टिकाटिप्पणीले खासै फरक नपार्ने देखिएको छ । त्यही कार्यक्रमको फोटो हाल्दै उनले लेखि (एक दक्षिण भारतीय फिल्मबाट प्रभावित) पनि सकेका छन्, भक्तपुर नट फायर, वाइल्डफायर ।
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
डोनाल्ड ट्रम्पले फोन वार्तामा नेतान्याहूलाई "अपवित्र" भनेका थिए भन्ने रिपोर्टको …
ममता-ऋतब्रत विवादमा हुमायुन कबीरले भने, 'यो त हुने नै थियो'
अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण र इरानको आरोपमा कुवेतले यसो भन्यो
प्रतिक्रिया