इरानले कुवेत विमानस्थलमा आक्रमण गर्दा ‘धेरै जना’ घाइते

इरानले गएराति कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्दा ‘धेरै जना’ घाइते भएको कुवेतको सरकारी समाचार एजेन्सीले बुधबार जनाएको छ।

इरानले ड्रोन र मिसाइल प्रहार गरेपछि कैयौँ विमान रोकिएका र अन्य विमानस्थलमा डाइभर्ट गरिएका थिए।

कुवेत नागरिक उड्डयन प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलको टी-१ भवनमा आक्रमण गरिएको हो। जसले भवनमा क्षति भएको छ। 

नागरिकहरूलाई मिसाइलविरुद्ध गोली हान्दा खस्ने टुक्राबाट बच्न चेतावनी दिइएको छ।

इरानको आक्रमणबाट ‘धेरै व्यक्ति’ घाइते भनिए पनि यो खबर लेख्दासम्म संख्या एकिन गरिएको छैन।