भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोडस्थित आर्मी ब्यारेक नजिकै श्रीमानले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । बुधबार बेलुका घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।
शंकरापुर नगरपालिका वडा नं. ६ नाङ्लेभारे घर भई हाल भक्तपुरमा डेरा गरी बस्ने ३८ वर्षीय विदुर विश्वकर्माले श्रीमतीलाई खुकुरी प्रहार गरेका हुन् । झगडा छुट्टाउने क्रममा उनीहरूका ८ वर्षीय छोरा त्रिशल विश्वकर्मासमेत घाइते भएका छन् ।
घाइते बालकलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारपश्चात् उनी बुधबार नै डिस्चार्ज भएका बालकलाई आवश्यक संरक्षणका लागि जिल्ला प्रहरी परिसर भक्तपुरको बाल मैत्री कक्षमा राखिएको छ ।
घटना लगत्तै जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी बरामद गर्नुका साथै अभियुक्त विदुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
डोनाल्ड ट्रम्पले फोन वार्तामा नेतान्याहूलाई "अपवित्र" भनेका थिए भन्ने रिपोर्टको …
ममता-ऋतब्रत विवादमा हुमायुन कबीरले भने, 'यो त हुने नै थियो'
अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण र इरानको आरोपमा कुवेतले यसो भन्यो
इरानले कुवेत विमानस्थलमा आक्रमण गर्दा ‘धेरै जना’ घाइते
ट्रम्पले नेतन्याहुलाई थर्काउँदै भने: म नभएको भए तिमी जेलमा हुन्थ्यौ
प्रतिक्रिया