अभिनेता निखिल उप्रेतीले भन्छन्ः म राजनीतिमा आउँदिन, कलाकारितामै रमाउँछु
अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताएका छन्।
आज यहाँस्थित बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’ को निर्माण घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासालाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले विभिन्न पेसा र व्यवसायमा अब्बल व्यक्तिको भूमिका सोही क्षेत्रमा हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘पछिल्लो समय विधागत रुपमा अब्बल देखिएका मानिसलाई राजनीतिज्ञ हुनुपर्छ, मन्त्री हुनुपर्छ भन्ने पनि गरिन्छ, त्यो नै गलत हो। हामी जहाँ छौँ, त्यहीँ रहेर देश विकासमा योगदान दिनुपर्छ। मलाई दर्शकले कलाकारका रुपमा रुचाउनुभएको छ, त्यसैले म कलाकारिता क्षेत्रमै रमाउँछु।’
प्रत्यक्ष रुपमा आफू संलग्न नभए पनि मुलुकको राजनीतिका बारेमा हरेक नागरिकले बुझ्नुपर्ने धारणा व्यक्त गर्दै अभिनेता उप्रेतीले भने, ‘हाम्रो भविष्य एवम् देश विकासका लागि भए पनि राजनीति बुझ्न ज्ररुरी छ। जनताले राम्रोसँग राजनीति नबुझ्ने हो भने नीतिनिर्माण तहमा असल व्यक्तिको प्रतिनिधित्व हुन सक्दैन। निर्वाचनको मिति नजिकिँदैछ, मुलुकको समग्र विकासका सन्दर्भमा उम्मेदवारसँग प्रश्न गरी उपयुक्त व्यक्ति चयन गर्ने दायित्व सचेत मतदाताको हो।’
चलचित्र ‘कस्तुरी’ को छायाङ्कन आजदेखि काठमाडौँ उपत्यकाबाट सुरु गरिएको छ। निर्देशक ऋत बोहोराको निर्देशनमा तयार हुने उक्त चलचित्रमा अभिनेता उप्रेतीसँगै वर्षा शिवाकोटी, शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमलगायत कलाकारले अभिनय गर्नेछन्।
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
डोनाल्ड ट्रम्पले फोन वार्तामा नेतान्याहूलाई "अपवित्र" भनेका थिए भन्ने रिपोर्टको …
ममता-ऋतब्रत विवादमा हुमायुन कबीरले भने, 'यो त हुने नै थियो'
अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण र इरानको आरोपमा कुवेतले यसो भन्यो
प्रतिक्रिया