२४ वर्षपछि फेरि हलमा फर्किँदै ‘ये दिल आशिकाना’
रोमान्टिक–एक्सन थ्रिलर फिल्म ‘ये दिल आशिकाना’ फेरि हलमा फर्किने भएको छ । भ्यालेन्टाइन डेको विशेष अवसर पारेर फिल्म फेरि रिलिज हुन लागेको हो । सन् २००२ मा प्रदर्शन भएको यो फिल्म २४ वर्षपछि आगामी फेब्रुअरी १३ मा पुनः रिलिज हुन लागेको हो । निर्माण पक्षले रिलिज घोषणा गर्दै फिल्मको नयाँ ट्रेलर समेत सार्वजनिक गरेको छ ।
‘ट्रु इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड’ ले ‘ये दिल आशिकाना’ लाई फेब्रुअरी १३ देखि प्रदर्शन गर्न लागेको हो । फिल्मका निर्देशक कुकु कोहलीले फिल्म ठुलो पर्दाकै लागि बनेको बताए । उनले भने– ‘सन् २००२ मा दर्शकहरूले जसरी यो फिल्म हेरेका थिए, आजको नयाँ पुस्ताले पनि त्यसरी नै हेर्ने मौका पाउँदा आफूलाई खुसी लागेको छ ।’
करण नाथ र जिविधा शर्मा मुख्य भूमिकामा रहेको यो फिल्मको कथा करण र पूजाको प्रेमको वरिपरि घुम्छ । जब आतंकवादीहरूले पूजा सवार विमान अपहरण गर्छन्, करणले आफ्नो ज्यान जोखिममा राखेर उनलाई बचाउँछन् । तर पछि उनले पूजाको आफ्नै भाइ पनि ती आतंकवादीहरूमध्ये एक भएको थाहा पाउँछन् । १८ जनवरी २००२ मा पहिलो पटक प्रदर्शन भएको यो फिल्म नदीम–श्रवणको कर्णप्रिय सङ्गीतका कारण बक्स अफिसमा सफल भएको थियो ।
फिल्ममा करण नाथ र जिविधाका अलवा आदित्य पञ्चोली, अरुणा इरानी, जोनी लिभर र रजत बेदीको मुख्य भूमिका छ । फेब्रुअरी १३ मै शाहिद कपूरको नयाँ फिल्म ‘ओ रोमियो’ पनि प्रदर्शनमा आउँदैछ । यी दुवै फिल्म एक अर्कोसँग भिड्नेछन् ।
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
डोनाल्ड ट्रम्पले फोन वार्तामा नेतान्याहूलाई "अपवित्र" भनेका थिए भन्ने रिपोर्टको …
ममता-ऋतब्रत विवादमा हुमायुन कबीरले भने, 'यो त हुने नै थियो'
अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण र इरानको आरोपमा कुवेतले यसो भन्यो
इरानले कुवेत विमानस्थलमा आक्रमण गर्दा ‘धेरै जना’ घाइते
प्रतिक्रिया