गीतसङ्गीतमाफत ‘रमिताको पिरती’ प्रवर्द्धन गरिने
काठमाडौँ, ४ माघः आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘रमिताको पिरती’लाई गीतसङ्गीतको माध्यमले नवपुस्ताका गायकले प्रवर्द्धन गर्ने भएका छन् ।
युवापुस्तामाझ लोकप्रिय गायक तथा र्यापर कुशल पोखरेल, गायक तथा सङ्गीतकार सुशान्त केसी, महेश काफ्ले र समीर श्रेष्ठले देशभर साङ्गीतिक कार्यक्रम गर्दै चलचित्रको बारेमा जानकारी गराउनुहुने निर्देशक सुदिप्ताले जानकारी दिनुभयो । गायक श्रेष्ठले यस चलचित्रमा अभिनय नै गर्नुभएको छ भने अन्य गायकले पाश्र्व गायकका रूपमा जोडिनुभएको निर्देशक सुदिप्ताले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले युवापुस्ताको कथामा चलचित्र तयार गरेको पनि गीतसङ्गीतमा पनि नयाँपन दिन खोजेकी छु । हामीले चलचित्रको गीतसँग जोडिनुभएका युवापुस्तामाझ लोकप्रिय गायकलाई लिएर नेपाल भ्रमण गर्दैछौँ । हामीले साङ्गीतिक माहोलमार्फत आफ्नो चलचित्रको बारेमा जानकारी गराउने कोसिस गरेका छौँ ।”
उहाँका अनुसार गएको माघ १ मा बुटवलमा साङ्गीतिक कार्यक्रम भइसकेको छ भने विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौँमा पनि हुनेछ । उहाँले चलचित्रमा एक युवतीको प्रेम सम्बन्ध अन्त्य भएपछि उसको जीवनीमा आउने उतारचढाव देखाइएको छ ।
“यो ‘ब्रेकअप स्टोरी’मा तयार भएको चलचित्र हो । हामीले नियमित बनिरहेका भन्दा केही फरक गर्ने कोसिस गरेका छौँ”, निर्देशक सुदिप्ताले भन्नुभयो । गायक तथा र्यापर कुशल पोखरेल नयाँ समूहको सक्रियता देखेर सहकार्य गर्न तयार भएको बताउनुभयो । उहाँले चलचित्रका लागि गीत तयार गर्नुका साथै साङ्गीतिक कार्यक्रममा समेत सहभागिता जनाउनुहुनेछ ।
“म नेपाल भ्रमणमा जोडिएको छु, आफ्नो गीतलाई प्रत्यक्ष सुनाउन पाउँदा खुसी नै लाग्छ । यो चलचित्र बनाउने समूह नै छुटै ऊर्जा भएका छन्, त्यसैले हामीले सहकार्य गरेका हौँ । राम्रो काम भएको जस्तो लाग्छ, नियमित चलचित्र भवन नपुग्ने वर्गलाई यो चलचित्रले आकर्षित गर्छ जस्तो लागेको छ”, गायक पोखरेलले भन्नुभयो ।
उक्त चलचित्रमा आना शर्मा, समीर श्रेष्ठ, धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामोलगायत कलाकारको अभिनय गर्नुभएको छ । यसै चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गर्नुभएको गायक श्रेष्ठले कलाकारितामा इच्छा भएकाले नै अभिनयमा आफू आएको गायक श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले अभिनय गर्ने सोच बनाएको थिएँ । तर, सही समय र पटकथा पाउन सकेको थिइनँ । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु पनि । सबै कुरा भनेजस्तो भएपछि किन पर्खिने भनेर अभिनययात्रा प्रारम्भ गरेको हुँ ।”
श्रेष्ठले अभिनेता बने पनि गायनलाई नछाड्ने बताउनुभयो । उक्त चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै तयार पार्नुभएको हो भने शिशिर विशङखेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गर्नुभएको छ । चलचित्रमा सहनिर्माताको रूपमा निर्देशकसमेत रहनुभएका सुवास कोइराला हुनहुन्छ भने निर्माण सागर लम्सालले गर्नुभएको हो ।
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
डोनाल्ड ट्रम्पले फोन वार्तामा नेतान्याहूलाई "अपवित्र" भनेका थिए भन्ने रिपोर्टको …
ममता-ऋतब्रत विवादमा हुमायुन कबीरले भने, 'यो त हुने नै थियो'
अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण र इरानको आरोपमा कुवेतले यसो भन्यो
इरानले कुवेत विमानस्थलमा आक्रमण गर्दा ‘धेरै जना’ घाइते
प्रतिक्रिया