बालुवा, गिट्टीमा लकडाउन अवधीको कर छुटको माग
सुखड - कैलालीको घोडाघोडी नगरपालिका बिरुद्ध उच्च अदालत दिपायलमा मुद्धा परेको छ ।
नगर भित्रको प्राकृतिक श्रोत अन्तर्गत बालुवा, गिट्टी संकलनको जिम्मा पाएको रेखा निर्माण सेवाले नगर सरकार बिरुद्ध असार ४ गते मुद्धा दायर गरेको हो ।
कोरोना भाईरस रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन अवधिमा बालुवा तथा गिट्टी संकलनको काम नभएको र सोही अवधिको हुन आउने कर छुटको माग सहित उच्च बदालतमा मुद्धा दायर गरेको रेखा निर्माण सेवाका संचालक जनक शाहीले बताए ।
कर छुटका लागि बारम्बार नगर सरकालाई निबेदन दिदा समेत कुनै सुनुवाई भएन । उनले भने,लकडाउनका कारण करिब ४० लाख बराबरको कर संकलन हुन सकेन ।
सरकारले समस्यामा परेका ब्यवसायिहरुलाई सहयोग गर्नुको साटो झन समस्यामा पार्न थालेकाले न्यायको खोजीमा हिडेको छु ।
जिल्लाको गोदावरी नगरपालिका, धनगढी उप–महानगरपालिका लगायत छिमेकी पालिकाहरुले प्राकृतिक श्रोतमा लकडाउन अवधिको कर छुट गरेको दाबि गर्दै उनले घोडाघोडीले पनि सोही अभ्यास अवलम्बन गर्नु पर्ने बताए ।
तर यता घोडाघोडी नगर सरकारले भने देशमा घोषणा गरिएको लकडाउन अवधिमा पनि बालुवा, गिट्टी संकलनको काम नरोकिएको दाबि गरेको छ ।
लकडाउनमा पनि बालुवा, गिट्टी संकलन जारी रहेको र सोही अवधीमा नगर भित्र ८५ प्रतिशत भौतिक निर्माणको काम भएको भन्दै प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले उक्त कर रकम छुट गर्न नसकिने बताए ।
नगरपालिकाले दिएको १ सय ६३ वटा रसिद ठेली नगरलाई बुझाएको भए घाटा लागेको बिषयमाकार्यपालिकामा छलफल वा निर्णय गर्न सक्ने अवस्था हुन्थ्यो । उनले भने, हाल सम्म पनि उक्त ठेलीहरु नगर सरकारलाई प्राप्त भएका छैनन् ।
वास्तविक कर संकलनको लेखाजोखा नै नगरी लकडाउनलाई अवसर बनाई निर्माण सेवाले हचुवाकै भरमा मुद्धाको प्रक्रियामा अघि बढेको उनको भनाई छ ।
माथि उल्लेख गरिएका छिमेकी पालिकाहरुले लकडाउन अवधिमा बालुवा, गिट्टी संकलन बन्द गरेकाले कर छुट गरेको हुन सक्ने अधिकृत सिंह बताउछन ।
नगर भित्रको प्राकृतिक श्रोत अन्तर्गत बालुवा, गिट्टी संकलनका लागि रेखा निर्माण सेवाले १ करोड ४७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
तेश्रो किस्ता अन्तर्गतको ४४ लाख १० हजार रुपैया नगरपालिकाले छुट गर्नु पर्ने निर्माण सेवाको माग छ भने निर्माण सेवाले दोश्रो किस्ताको पुरा रकम समेत नदिएको नगरपालिकाको भनाई छ ।
निर्माण सेवाले सम्झौता अनुसार पहिलो किस्ता ४० लाख दिएको छ भने दोश्रो किस्ता अन्तर्गत हुन आउने ६२ लाख ९० हजार रुपैया मंसिर मसान्त र तेश्रो किस्ताको रकम फल्गुन मसान्तमा बुझाउने सहमती भएको थियो ।
तर दोश्रो किस्ताको ३० लाख रुपैया असार ८ गते दिएको तथा दोश्रो किस्ता वाफतको ३२ लाख ९० हजार र तेश्रो किस्ताको पूर्ण रकम नगरपालिकामा प्राप्त नभएको कार्यकारी अधिकृत सिंहले जानकारी दिए ।
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
प्रतिक्रिया