सामुदायिक वनक्षेत्रमा पर्यापर्यटनको गविविधि बढ्दै
कोशी प्रदेशका नौवटा जिल्लाका ५४ सामुदायिक वनले आयआर्जन गर्ने उद्देश्यले पर्यापर्यटनको गतिविधि सञ्चालन गरिरहेका छन् । जसमध्ये आधाभन्दा बढी सिमसार क्षेत्र छन् ।
पर्यटक आकर्षित गर्ने यी सामुदायिक वनमध्ये २३ वटा झापामा छन् भने नौवटा सुनसरी र सातवटा मोरङमा छन् । उदयपुरमा पाँच, धनकुटामा तीन, तेह्रथुममा तीन, इलाममा दुई, ताप्लेजुङमा एक र सङ्खुवासभाको एक सामुदायिक वन पर्यापर्यटनमा सक्रिय रहेको कोशी प्रदेशको वन निर्देशनालयका सहायक वन अधिकृत सुशान्त पोखरेलले जानकारी दिनुभयो ।
वन पैदावारको संरक्षण, उत्पादन र बिक्री वितरण गर्ने परम्परागत क्रियाकलापबाट अघि बढेर सामुदायिक वनहरू पर्यापर्याटनको क्षेत्रमा अग्रसर भइरहेका छन् । पर्यापर्यटनमा लागेका अधिकांश सामुदायिक वनले आफ्नो वन क्षेत्रमा रहेको प्राकृतिक सिमसार र पोखरीलाई पर्यटक आकर्षण गर्ने माध्यम बनाएका छन् ।
प्रादेशिक वन निर्देशनालयका सहायक वन अधिकृत पोखरेलका अनुसार ५४ मध्ये ३३ वटा सामुदायिक वनले सिमसारलाई पर्यटकीय क्षेत्र बनाएका छन् । अधिकांश सामुदायिक वनले वनभोज, नौका विहार, मिनी चिडियाखाना, बाल उद्यान, मनोरञ्जनात्मक खेल, वन उद्यान र सेल्फी खिच्ने ठाउँका रूपमा आफ्नो क्षेत्रलाई पूर्वाधारसहित आकर्षक बनाएका छन् ।
तीन वटा सामुदायिक वनमा मिनी चिडियाखाना र अरु दुई वटामा वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा छन् । पर्यटकहरू चिडियाखानामा राखिने जीवजन्तु र पन्छी हेर्न झुम्मिने गरेका छन् । कचनकबलको दुर्गाभिट्टा सामुदायिक वन र कनकाईको जामुनबारी सामुदायिक वनमा वन्यजन्तु उद्धार केन्द्र रहेको छ । सर्वसाधारण तथा डिभिजन वन कार्यालयले अन्यत्रबाट उद्धार गरेका जङ्गली पन्छी र जनावरहरु संरक्षणका लागि यिनै उद्धार केन्द्रमा पठाउने गरेको कचनकबलस्थित दुर्गाभिट्टा सामुदायिक वनका अध्यक्ष धनराज गुरुङले बताउनुभयो ।
कोशी प्रदेशका तीनवटा मिनी चिडियाखानामध्ये दुईवटा मोरङ र एउटा सुनसरीमा छ । बेलबारीको बेतना सिमसार सामुदायिक वन, पथरी शनिश्चरेको मनकामना सामुदायिक वन र धरानको हरियाली सामुदायिक वनमा वनभोज र नौका बिहारसँगै मिनी चिडियाखाना छ ।
कोशी प्रदेशमा तीन हजार ७२१ वटा सामुदायिक वन रहेका छन् ।
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
डोनाल्ड ट्रम्पले फोन वार्तामा नेतान्याहूलाई "अपवित्र" भनेका थिए भन्ने रिपोर्टको …
ममता-ऋतब्रत विवादमा हुमायुन कबीरले भने, 'यो त हुने नै थियो'
अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण र इरानको आरोपमा कुवेतले यसो भन्यो
इरानले कुवेत विमानस्थलमा आक्रमण गर्दा ‘धेरै जना’ घाइते
प्रतिक्रिया