बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार :
काठमाडौं - कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी र वडा नम्बर ९ खक्रौला स्थित मोहना नदीमा आएको बाढीले सो स्थानमा रहेका करीव तीन सय ३० घरभित्र पानी पसेर डुबानमा परेकाहरुको एपीएफ टोलीले उद्धार गरेको छ ।
सो ठाउँमा घरहरु डुबानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट एपीएफ टोली खटिई गई उद्धार कार्यमा सकृयताका साथ जुटेको थियो ।
सो डुबानमा परेका ५५ जना मानीस, ३७ वटा चौपाया तथा ती घरमा रहेका सरसामानहरु सुरक्षित स्थानमा सारिएको छ ।
यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ८ स्थित सोनाफाँटा ईलाकामा साउन १४ गते गौरीखोलाको पानी बस्तीमा पसेर डुवानमा परेपछि सो ठाउँमा फसेका दुई जनाको एपीएफ टोली र स्थानीय प्रहरीले जिवितै उद्धार गरेको छ ।
सो ठाउँ डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी उनीहरुको उद्धार कार्यमा खटिएको थियो । सो डुवानमा परेर सोही ठाउँ बस्ने ईश्वर शाह, चन्द्र वि।क। र ११ बर्षिय स्केल चौधरी बेपत्ता भएको बताइएको छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया