निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणः एसपी दिल्लीराज विष्टसहित ८ जना प्रहरीले पाए सफाइ 

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्टसहित ८ जना प्रहरीले सफाई पाएका छन् ।

जिल्ला अदालत कञ्चनपुरले उनिहरुलाई सफाइ दिएकाे हाे ।

प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेकाे उनीहरुकाे कुनै अभियोग पुष्टि हुन नसकेकाे हाे ।

गोपाल बाँस्तोलाको इजलासले प्रमाण नष्ट गरेको र यातना दिएको दुवै अभियोग पुष्टि हुन नसकेकाे भन्दै सफाईकाे फैसला सुनाएकाे हाे ।

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण भएकाे २०७७-०४-१० गते २ बर्ष पुरा भएकाे छ । तर हाल सम्म समेत हत्याराकाे पहिचान गरेर प्रहरीले मुद्धा दर्ता गराउन सकेकाे छैन । घटनाकाे अनुसन्धानकाे क्रममा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका प्रहरी अधिकारीहरुले भने आज सफाई पाएका हुन् ।