मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
काठमाडौँ, २८ जेठः मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको हिजोको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस् भनि प्रस्ताव पेस गर्नुभएको थियो ।
नीति तथा कार्यक्रममाथि प्रदेशसभामा दुई दिन छलफल भएको थियो । यसअघि मुख्यमन्त्री सिंहले छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुभएको थियो ।
सभामुख रामचन्द्र मण्डलले ध्वनि मतको आधारमा पारित गर्न बैठकमा निर्णयार्थ प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावको विपक्षमा कुनै सदस्यले पनि मत जाहेर नगरेपछि उहाँले सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो ।
यसअघि प्रदेशसभामा चार जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएका थिए । सभामुख मण्डलले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गर्दा फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो ।
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
डोनाल्ड ट्रम्पले फोन वार्तामा नेतान्याहूलाई "अपवित्र" भनेका थिए भन्ने रिपोर्टको …
ममता-ऋतब्रत विवादमा हुमायुन कबीरले भने, 'यो त हुने नै थियो'
अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण र इरानको आरोपमा कुवेतले यसो भन्यो
इरानले कुवेत विमानस्थलमा आक्रमण गर्दा ‘धेरै जना’ घाइते
प्रतिक्रिया