बागमती प्रदेश : अर्थ तथा विकास समितिको सभापतिमा सिलवाल र शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा पोखरेल निर्विरोध
बागमती प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिको सभापतिमा नारायणबहादु सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा केशवप्रसाद पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रदेशसभा सचिवालयका सह–प्रवक्ता उमेशराज सोतीका अनुसार दुवै समितिको सभापति पदको लागि आइतबार भएको मनोनयनमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि उहाँहरूलाई स्वतः सभापति घोषणा गरिएको हो ।
दुवै समितिको आज निर्वाचन कार्यक्रम तय भएको थियो । उम्मेदवार दुवै समितिमा उम्मेदवार एक जना मात्रै भए पनि मतदान गर्न नपर्ने भएको हो । सिलवाल र पोखरेल दुवै जना नेकपा ९एमाले०को तर्फबाट उम्मेदवार बन्नुभएको थियो । उहाँहरू दुवैजना काठमाडौँ निवासी हुनुहुन्छ । दुवै समितिमा सत्ता गठबन्धन र अन्य दलको तर्फबाट भने उम्मेदवारी परेको थिएन ।
अर्थ तथा विकास समितिमा २० जना सदस्य र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना सदस्य रहेका रहनुभएको छ ।
सर्वोच्चको आदेश: प्रचण्ड-बाबुरामलाई युद्ध अपराध मुद्दा नलाग्ने, बाल लडाकुलाई 'अ…
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव
सहकारी क्षेत्रका ऋणीलाई ठूलो राहत दिने गरी सरकारले नयाँ व्यवस्था लागू
सुकुमवासीको बसोबास केही व्यवस्थित भएको छ : रञ्जु दर्शना
संविधान संशोधनबारे छलफल गर्न शाहले बोलाए कार्यदलको बैठक
परिवर्तनको पक्षमा अघि बढ्यो न्यायालय, बुढो कांग्रेस बाईबाई
प्रतिक्रिया