सामुदायिक विद्यालयको सुधारमा सारोकारवाला जिम्मेवार हुनुपर्ने
काठमाडौँ, ७ माघः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवाला पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
यहाँको विदुर नगरपालिका–१३ स्थित अजिङ्गरे माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई हिजाे सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गराउन सबै पक्षलाई जिम्मेवार हुन आग्रह गर्नुभयो ।
सामुदायिक विद्यालयको सुधारका लागि सरकार, अभिभावक, व्यवस्थापन समिति, शिक्षक र कर्मचारी सबैको समान जिम्मेवारी भएकाले त्यसको पालना गराउन बागमती प्रदेश सरकार प्रयासरत रहेको उहाँले बताउनुभयो । “सरकारी लगानीमा सुविधासम्पन्न भौतिक संरचना, दक्ष शिक्षक, निःशुल्क शिक्षा र खाजाको प्रबन्ध मिलाए पनि सोहीअनुसार नतिजा पाउन सकिएको छैन,” मुख्यमन्त्री तामाङले भन्नुभयो, “सामुदायिक विद्यालयका राम्रा पक्ष संस्थागत विद्यालयमा अनुसरण होस् भन्ने चाहेका छौँ । तर एकाधमा बाहेक त्यसो गराउन सकिएको छैन।”
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले प्राविधिक र व्यावहारिक सिकाइमार्फत विद्यार्थीको क्षमता वृद्धिमा स्थानीय सरकार केन्द्रित भएको बताउनुभयो । स्थानीय पाठ्यक्रम जारी गर्दै यहाँको सिप, संस्कृति र संस्कारसहितको व्यावहारिक शिक्षामार्फत गुणस्तर वृद्धि गराउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयका कक्षागत र विभिन्न रचनात्मक प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई मुख्यमन्त्री तामाङले प्रशंसापत्रसहित सम्मान गर्नुभयो ।
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
डोनाल्ड ट्रम्पले फोन वार्तामा नेतान्याहूलाई "अपवित्र" भनेका थिए भन्ने रिपोर्टको …
ममता-ऋतब्रत विवादमा हुमायुन कबीरले भने, 'यो त हुने नै थियो'
अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण र इरानको आरोपमा कुवेतले यसो भन्यो
प्रतिक्रिया