तपाईंलाई थाहा छ ? धेरै तनाव लिने मान्छेलाई पागलपनले नराम्ररी सताउनसक्छ !

काठमाडौँ, ५ माघ :  आफ्नो सन्तान गुमाउँदा होस् वा खाइरहेको जागिरबाट हात धुनुपर्दा होस्, अक्सर हामी तनावमा पर्ने गर्छौँ । तर तपाईंलाई थाहा छ ? धेरै तनाव लिने मान्छेलाई पागलपनले नराम्ररी सताउनसक्छ । तनावको सिधा असर हाम्रो दिमागमा पर्छ । अमेरिकी शोधकर्ताहरुको एक टोलीले यस्तो दाबी गरेको हो ।

५० वर्षको उमेरका १३ सय मानिसको उक्त टोलीले सम्झिने र सोच्ने क्षमताको परीक्षणा गरेको हो । यद्यपि पागलपनको खतरालाई लिएर धेरै महत्व यस अनुसन्धानमा दिइएको थिएन ।

विशेषज्ञहरुका अनुसार यसका अलग अलग कारण पनि हुनसक्छन् । यो रिपोर्ट लण्डनमा अलजाइमर एसोसिएसनको अन्तर्राष्ट्रिय सम्मेलनमा पेस गरिएको हो । रिसर्चमा तनाव र पागलपनको खतराको बारे विश्वासिलो तरिकाबाट भनिएको छैन तर तनावपूर्ण जिन्दगीको असर दिमागको कार्यक्षमतामा पर्छ, जसले मानिसलाई पागलपनतिर डोरयाउँछ ।

कमजोर स्मरणशक्ति
सिद्धान्तअनुसार तनावका कारण जलनलगायत धेरै समस्या बढ्छ । जसका कारण मानिस पागलपनको स्थितिमा पुग्छ । यसबारे साउद्याम्टन विश्वविद्यालयका शोधकर्ता परीक्षण गरिरहेका छन् । विस्कान्सिन स्कुल अफ मेडिसिन विश्वविद्यालयको अध्ययनमा अफ्रिकी अमेरिकी मानिसमा तनावको खतरा ज्यादा रहेको छ । मेमोरी टेस्टमा उनीहरुको रिजल्ट धेरै नै डरलाग्दो पाइएको थियो ।

दोस्रो अध्ययनमा पनि योबारे बताइएको छ कि सुरुवाती जिन्दगीमा रहेको तनावले नै मानिसलाई पागलपनको शिकार बनाउनसक्छ । अल्जाइमर सोसाइटीको रिसर्चका डाइरेक्टर डा. डग ब्राउनले चिन्ता र तनावजस्ता स्थितिलाई अलग अलग राख्न मुस्किल हुने बताए । यी सबैले विस्तारै विस्तारै पागलपन बनाउँछन् ।

बेलायतमा करिब आठ लाख ५० हजार मासिन यस समस्याबाट पीडित छन् । यसमा पनि आमतहमा धेरैजसो ६७ वर्ष कटेकाहरु पर्छन् । तर यिनीहरुमध्ये पनि करिब ४२ हजार मानिसको उमेर कम रहेको छ ।

कसरी बच्ने पागलपनबाट ?

  1. हप्तामा कमसेकम पाँच दिन आधा घण्टै भए पनि व्यायाम गर्ने ।
  2. धूमपान नगर्ने, गर्ने गरेको भए छाडिहाल्ने ।
  3. स्वस्थ र सन्तुलित आहारविहार गर्ने, जसमा माछामासु, हरियो सागसब्जी खाने, रातोमासु र चिनीका परिकार एकदम कम खाने ।
  4. रक्सी पिउनुहुन्छ भने सातामा १४ युनिटभन्दा धेरै नपिउने ।
  5. उच्च रक्तचाप, हाइ कालेस्ट्रल र टाइप २ डायबिटिजको ख्याल गर्ने ।
  6. स्ट्रोक, हृदयरोग र मधुमेहबाट बच्न शारीरिक तौलको ख्याल राख्ने ।
  7. दिमागलाई सक्रिय राख्ने । वर्डसर्च, माइन्ड गेम, नयाँ कुरा जान्नेतिर ध्यान गर्ने ।
  8. आफूलाई सामाजिक जीवनमा सक्रिय राख्ने र एक्लोपना महसुस हुन नदिने ।