नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीको बढुवामा सिफारिस समिति नराख्ने
काठमाडौँ, २९ मङ्सिरः सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी)को बढुवामा सिफारिस समिति नराख्ने निर्णय गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको प्रहरी विधेयकको मस्यौदामा आईजीपी बढुवामा पनि सिफारिस समितिको प्रावधान राखिएकोमा त्यसलाई हटाइएको हो ।
मन्त्रिपरिषद्को विधेयक समितिको शुक्रबारको बैठकले यस्तो प्रावधान उपयुक्त नहुने सुझावका आधारमा समिति नराख्ने निर्णय गरेको हो । नेपाल प्रहरी र सशस्त्रले लोकसेवा आयोगको नेतृत्वमा यस्तो बढुवा समितिको प्रस्ताव गरेका थिए ।
पछि गृह मन्त्रालयले सचिवको नेतृत्वमा समिति बनाउने प्रस्ताव अघि बढाएपछि विवाद भएको थियो । यस्तो समितिले बढुवा प्रक्रियालाई थप जटिल बनाउने भन्दै हटाउने निर्णय भएको विधेयक समितिका एक सदस्यले बताए ।
हालको प्रावधानअनुसार सरकारले एआईजी तथा एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट सीधै महानिरीक्षक छान्न सक्ने प्रावधान छ । ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता तथा उत्तरदायित्व बहन गर्न सक्ने क्षमताका आधारमा नियुक्त हुने प्रहरी नियमावलीमा उल्लेख छ ।
अब पनि यही शैलीमा नियुक्त गर्ने प्रावधान राख्न लागिएको छ । तर, रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्ति गर्ने निर्णय विधेयक समितिको बैठकले गरेको छ । हाल अन्तिम दिनमा आएर निर्णय हुने प्रवृत्तिले अस्वस्थ चलखेल हुने र त्यसले आईजीपी कमजोरसमेत हुने अवस्था छ ।
किन बन्द भयाे नेपालमा टेलिग्राम एप ?
कार्की र बस्नेत एसपीमा बढुवा
आईजी सापहरूका स्वार्थका कारण प्रहरीमा कमान्डको व्यर्थ विवाद
नेपाल प्रहरीका ३७ जना एसपीको पदस्थापन (सूची)
एसपीबाट एसएसपीमा बढुवा भएका २५ जनाको पदस्थापन (को कहाँ पुगे?)
हजारभन्दा बढी भीआईपीको सुरक्षामा खटिन्छन् ,अत्यावश्यक स्थानमा छैनन् पर्याप्त प्रहरी
सम्पर्कविहीन ३० जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
प्रतिक्रिया