दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोस्ट गरेका ६ हजार ७८ भिडियो हटायाे टिकटकले
काठमाडौँ, १९ मङ्सिरः सामाजिक सञ्जाल टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोस्ट गरेका ६ हजार ७८ भिडियो हटाइएको छ ।
अप्रिल र जुन महिनामा पोस्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरुन्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् ।
काठमाडौंमा मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो । कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन)बारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूह समेत छुट्याइएको प्रस्तुतकर्ता जलिलले बताइन् । टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्नेलगायत निर्देशिका टिकटकले निर्धारण गरेको छ । यद्यपि प्रयोगकर्ताको सामाजिक सञ्जालको सही सदुपयोग गर्नेबारे चेतनाको अभावका कारण गाइडलाइनको सही पालना नभएको उनले सुनाइन् ।
त्यस्तै कार्यक्रममा दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोक्ताकिनले डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्द्धनमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्ध रहेको बताए ।
उनले विशेष गरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षामा निश्चित ‘गाइडलाइन’ बनाएको जानकारी दिए । नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्वपूर्ण कदम चालेको बताउँदै उनले टिकटक प्रयोगकर्ताको सुरक्षामा विशेष चासो रहेकोसमेत सुनाए ।
एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
‘हाम्रोपात्रो’मा नयाँ ‘यति च्याट’ फिचर : एआई असिस्टेन्टसहित च्याट, अडियो–भिडिओ…
पहिलो पटक छिर्यो टेस्ला भारतीय बजारमा
बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध
प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको छ :हितेन्…
‘शेन्जोउ–२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश
टिकटोकले कलाकारहरूको लागि नयाँ प्लेटफर्म ‘टिकटोक फोर आर्टिस्ट्स’ सुरु गर्यो
प्रतिक्रिया