नेपाल टेलिकमकाे रिचार्ज कार्डहरू सहजै पाइने
काठमाडौं, १८ मङ्सिरः नेपाल टेलिकमले रिचार्ज कार्डहरू सहजै पाइन थालेको जनाएको छ ।
सोमबार एक सूचना जारी गर्दै टेलिकमले विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसक्दा बजारमा रिचार्ज कार्डहरू सहज रूपमा पाउन नसकेमा हाल सो समस्या समाधान भइसकेको कम्पनीको जनाएको हो ।
केही सञ्चार माध्यमहरूमा रिचार्ज कार्डको अभावको कारणले टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भन्ने समाचार सत्यता नभएको टेलिकमको जिकिर छ ।
रिचार्ज कार्डको सहज रूपमा आपूर्ति नहुँदा ग्राहकहरूले विकल्पको रूपमा रहेका मोबाइल पोइन्ट अफ सेल र नमस्ते पे, इसेवा, खल्ती, आइमएई पेलगायतका डिजिटल वालेटहरू प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हुँदा रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको कम्पनीले प्रस्ट पारेको छ ।
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता
प्रशासनिक केन्द्र सिंहदरबारभित्र यतिबेला एउटा ठुलो प्रशासनिक आँधीबेहरी आउने स…
प्रतिक्रिया