मलैमा टेलिकम गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै
काठमाडौँ, १० मङ्सिर : दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ । त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपथ्र्यो ।
“हामी फोन गर्न घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्छ”, स्थानीय बमबहादुर बुढाले भन्नुभयो, “टावर बनेपछि त्यो समस्या हटेर जानेछ ।” सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ ।
उक्त टावर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी वैशाखदेखि सुचारु गर्ने तयारी रहेको बबई–७ वडाध्यक्ष तिलकराम भण्डारीले बताउनुभयो । “यहाँको एउटा मुख्य समस्या भनेको फोन नलाग्ने समस्या हो”, उहाँले भन्नुभयो, “टावर निर्माण भइरहेको छ, वैशाखदेखि सेवा सुचारु गर्ने तयारी छ ।” त्यहाँका बासिन्दाले पटक–पटक टेलिकम टावरको माग राख्दै सम्बन्धित निकाय धाउँदै आएका थिए ।
एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
‘हाम्रोपात्रो’मा नयाँ ‘यति च्याट’ फिचर : एआई असिस्टेन्टसहित च्याट, अडियो–भिडिओ…
पहिलो पटक छिर्यो टेस्ला भारतीय बजारमा
बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध
प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको छ :हितेन्…
‘शेन्जोउ–२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश
टिकटोकले कलाकारहरूको लागि नयाँ प्लेटफर्म ‘टिकटोक फोर आर्टिस्ट्स’ सुरु गर्यो
प्रतिक्रिया