नापी कार्यालय कपिलवस्तुका सर्भेक्षक गुप्ताले भ्रष्टाचार गरेको सम्बन्धी उजुरीका आधारमा विशेष अदालतमा आरोप-पत्र दायर
जिल्ला कपिलबस्तु, नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता(तेली) ले जग्गा कित्ताकाट गर्नेप्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोगअनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सर्वेक्षक बेचनप्रसाद गुप्ता(तेली) लाईसेवाग्राहीबाट रु.३५,०००।–(पैतीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा नापी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सर्भेक्षक बेचन प्रसाद गुप्ता भन्ने बेचन प्रसादगुप्ता (तेली) ले जग्गा कित्ताकाट गरी बिक्री तथा अंश बण्डा गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु.३५,०००।– (पैतीस हजाररुपैयाँ) घुस/रिसवत माग गरी लिएको देखिएबाट निज बेचन प्रसाद गुप्ता (तेली)ले भ्रष्टाचार निवारण ऐन, 2059 कोदफा 3 को उपदफा (1) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई बिगो रु.३५,000।– (पैतीस हजार रुपैयाँ)कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय गरी सोहीऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ
चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
प्रतिक्रिया