यौन दुर्व्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न सांसद आलेमगरकाे आग्रह
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले यौन दुर्व्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न आग्रह गरेका छन् ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आरोही पुर्जा मगरले विश्व रेकर्ड कायम गर्नुका साथै नेपालको नाम विश्वभर चिनाएको भन्दै सामान्य कारबाही हुनुपर्ने माग राखेका हुन् ।
उनले निर्मल पुर्जालाई कारबाही गर्नेकुराको आफूले घोर भर्त्सना गर्ने बताए । उनले पुर्जामाथि गरिने कारबाही तत्काल बन्द गर्न आग्रह गरे । आले मगरले कुनै नियम कानुनको उल्लङ्घन गरेको भए सामान्य कारबाही हुनुपर्ने बताए । निर्मल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाउने कुरा बाहिर आइरहेको भन्दै आरोहण बन्देज गर्न नहुने बताए ।
उनले भने, “निर्मल पुर्जा मगर हिमाल आरोहण गर्ने सन्दर्भमा थुप्रै विश्व रेकर्डहरू कायम गरेको व्यक्ति । उसले आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरू ७ महिनामा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको छ । यस्तो व्यक्तिलाई पनि अहिले कारबाही गर्न लागिएको छ । उनीमाथि गरिने कारबाही तुरुन्त बन्द गरियोस् ।”
उनले भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने कुरा चित्तबुझ्दो नरहेको समेत बताए ।
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ
चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
प्रतिक्रिया