रुकुममा मकै गोडिरहेको अवस्थामा करेन्ट लाग्दा एक मृत्यु
रुकुम पश्चिममा मकै गोडिरहेको अवस्थामा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नं ८ की झुपादेवी रोका रहेकी छिन्। सोही स्थानमा आफ्नो बारीमा मकै गोड्न गएका बेला विजुलीको पोलबाट लत्रिएको तारले उनलाईृ छोएको थियो। करेन्ट लागेर अचेत अवस्थामा उनी ढलेपछि अन्य सँगै मकै गोडिरहेका तीन जनाले उनलाई बचाउँन जाँदा करेन्ट लागेको हो।
जिल्ला प्रहरी प्रमुख डीएसपी नवीन पोख्रेलका अनुसार करेन्ट लागेर घाइते हुनेमा ३२ वर्षीया जमुना बुढा वली, ६० वर्षीया चुकी वली र ६० वर्षीया सुशीला वली रहेका छन्।
घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको पोख्रेलले बताए।
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ
चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
प्रतिक्रिया