नेपाल पत्रकार महासंघको असार २२ गतेका लागि तय भएको निर्वाचन कार्यतालिका हेरफेर
नेपाल पत्रकार महासंघको असार २२ गतेका लागि तय भएको निर्वाचन कार्यतालिका हेरफेर भएको छ । सार्वजनिक कार्यतालिका अनुसार मतदाता अन्तिम नामावली प्रकाशन असार १४ गते शुक्रबार अपरान्ह ४ बजेका लागि सरेको हाे ।
यसअघि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बुधबार अपरान्ह ४ बजेका लागि तय भएको थियो । संशोधित कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता असार १५ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि तय भएको निर्वाच्न समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालले जानकारी दिए ।
उनका अनुसार उम्मेदवारको नामावली प्रकाशन असार १५ गते साँझ ८ बजे हुनेछ । यस्तै उम्मेदवारमाथी दाबी विरोध असार १५ गते शनिबार साँझ ८ बजेदेखि असार १६ गते आइतबार बिहान ११ बजेसम्मका लागि तोकिएको छ ।
कार्यतालिका अनुसार उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने समय असार १६ गते बिहान ११ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १६ गते दिउसो २ बजे तोकिएको छ । निर्वाचनको मुख्य दिन मतदान असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । मतदान सकिएकै साँझदेखि मतगणना हुने कार्यतालिका रहेको छ ।
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ
चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
प्रतिक्रिया