‘क्यास लेस र फेस लेस’ बनाउने तयारी गरिरहेको दाबी : गृहमन्त्री रवि

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारी सेवा ‘क्यास लेस र फेस लेस’ बनाउने तयारी गरिरहेको दाबी गरेका छन्।

 बुधबार इलाम क्षेत्र नं २ को चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले सरकारी कामको झन्झट अन्त्य गर्ने तयारीमा सरकार रहेको बताएका हुन्।  आफूहरुले राष्ट्रिय परिचयपत्र जस्ता काजगपत्रहरु लिनका लागि सरकारी कार्यालय धाउनै नपर्ने गरी काम गरिरहेको बताए। सरकारी निकायमा हुने कामको झन्झटलाई मुक्त गर्न ‘क्यास लेस र फेस लेस’ को अवधारणा लागू गरेर आफ्नो सरकारी कागजपत्र घरमै प्रिन्टर राखेर प्रिन्ट गर्न सकिने व्यवस्था गर्न लागेको जिकिर गरे। 

‘राष्ट्रिय परिचयपत्र जस्ता कागजपत्रहरु बनाउन सरकारी कार्यालय धाउनै पर्दैन, हामी क्यास लेस र पेस लेस गर्ने अवधारणका साथ काम गरिरहेका छौँ। त्यसो भयो भने कुनै हाकिमको अनुहार नै हेर्न पर्दैन घरबाटै आफ्नो डकुमेन्ट प्रिन्ट गर्न सक्नुहुन्छ बरु एउटा प्रिन्टरचाँही किनिराख्नुस्,’ लामिछानेले मतदाता सामु भने।